
युवा संघ दाङले भन्यो– ज्ञानबहादुर शाही नेतृत्वको भिजिलान्ते समुहलाई प्रवेश निषेध
घोराही । राष्ट्रिय युवा संघ, नेपाल अन्तर्गत साविक वाइसिएल नेपालले स्वतन्त्र अभियान सञ्चालन गरिरहेका ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहीलाई दाङ प्रवेश निषेध गरिएको जनाएको छ ।
वाइसिएल दाङका इञ्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ ले विज्ञप्ती निकालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सस्कृति तथा पर्यटन उड्यान मन्त्री योगेश भट्टराई माथी नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहार गणतन्त्र र परिवर्तन विरोधी भएको बताएको छ ।
र यो पनि पढ्नुहोस् : ज्ञानेन्द्र शाहीलाई नेकपाका भातृ संगठनले कास्की प्रवेशमा रोक लगाउने घोषणा गरे !
‘केही दिन पहिले मात्रै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सस्कृति तथा पर्यटन उड्यान मन्त्री योगेश भट्टराई माथी नेपालगञ्ज विमानस्थलमा प्रतिगामी तत्वका प्रमुख अभियन्ता ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहिको नेतृत्वमा रहेको भिजलान्तेहरुको जत्थाले गरेको दुव्र्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विप्तीमा भनिएको छ, ‘स्वतन्त्र समूहको नाममा राजावादीको पैशा खाएर मुलुकमा अस्थिरिता पैदा गर्न खोज्ने ज्ञानबहादुर शाहीहरु जस्ता प्रतिगामी तत्वहरुलाई राष्ट्रिय युवा संघ नेपालले जस्तो सुकै हालतमा पनि प्रतिकार गर्ने कुरा अवगत गराउन चाहन्छौं । साथै ज्ञानबहादुर शाही लगाएकाता प्रतिगामी तत्वहरुलाई दाङ जिल्ला प्रवेशमा निषेध गरिएको छ ।’
यस्तो छ वाइसिएलको विज्ञप्ती
र यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्