वर्षाले ट्याक्सीे बगायो


 

पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो ।

खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पु¥याउँदा हिलोमा फसेको थियो ।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो । सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहानैदेखि वर्षा, भोलिसम्म सिमसिमे झरी

काठमाडौं । राजधानीसहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बंगालको खाडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाको भनाई छ । मौसमविद् बरुण पौडेलले बाह्रखरीलाई दिएको जानकारीअनुसार आज र भोलि देशका अधिकांश भागमा सिमसिमे झरी पर्ने अवस्था रहेको छ भने बिहीबारबाट भने मौसममा केही सुधार आउने छ ।

मनसुन सकिन अब करिब एक हप्ता रहेको मौसमविद् श्रेष्ठले जानकारी गराए । आज सेप्टेम्बर १७ भएको छ भने मनसुनको अवधी सेप्टेम्बर २३ सम्म हो । उनले भने, ‘‘सेप्टेम्बर २३ सम्म मनसुनको अवधी भए पनि केही दिन पर सरेर सेप्टेम्बर भरी नै पनि जान सक्छ ।’’

प्रकाशित भएको : September 17th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु