म्यानमारमा रम्दै स्वस्तिमा (फोटो फिचर)


 

पोखरा ३१ भदौ- गत साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज । कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक बयान दिइन् ।

उनले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो । एक फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाले यो अभिव्यक्ति दिएकी थिइन् ।

पूजाले २० लाख पारिश्रमिक लिएको विषयमा आफू अनविज्ञ रहेको उनको दाबी छ । फिल्ममा अभिनय गर्नका लागि २० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न कलाकारले सक्नुपर्ने आफ्नो भनाईको उद्येश्य रहेको उनी बताउँछिन् ।

यो बयानपछि पूजा र उनका प्रशंसकको आँखामा अभिनेत्री स्वस्तिमा तारो बनेकी छन् । यसैक्रममा, अब यी दुई अभिनेत्री पहिलो पटक बक्सअफिसमा आमने-सामने हुने भएका छन् ।

आउँदो कात्तिक ८ गते पूजा र स्वस्तिमाको फिल्म एकअर्कासँग भिड्ने निश्चित भएको छ । पूजाको प्रमुख भूमिका रहेको फिल्म ‘पोइ पर्‍यो काले’ सँग स्वस्तिमाको फिल्म ‘घामड शेरे’ एकै मितिमा भिड्न कस्सिएको छ । सोमबार यो फिल्मको फस्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरियो ।

तिहारको विदा छोप्न दुबै फिल्मले कात्तिक ८ रोजेका हुन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ मा पूजासँगै सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठलगायतको अभिनय छ । भने, ‘घामड शेरे’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् । यसमा स्वस्तिमाले आफ्नो श्रीमान् निश्चल बस्नेतसँग रोमान्स गरेकी छन् । सोमबार सार्वजनिक भएको यो फिल्मको फस्टलुकले धेरैको ध्यान खिचेको छ । जहाँ अभिनेता तथा निर्देशक निश्चललाई धुस्रेफुस्रे मुहारमा देख्न सकिन्छ ।

पूजा र स्वस्तिमाबीच शितयुद्ध चलेको अवस्थामा ‘पोइ पर्‍यो काले’ र ‘घामड शेरे’ बक्सअफिसमा भिड्ने भएपछि यसले फिल्मवृतमा ठूलै तरंग उत्पन्न भएको छ । दुबै फिल्मलाई एकअर्कासँग प्रतिस्पर्धा गर्न सहज नहुने अनुमान हेर्नुहोस् फोटो फिचर:

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु