‘जङ्कफुड प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या निम्त्याउँछ ‘


 

छिल्लो समय बजारमा पाइने प्याकेटका खानेकुरा (जङ्कफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरमुरे, बिस्कूट, चकलेट, चिजवल र विभिन्न पेय पदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध छन् । यस्ता खानामा जिब्रोले पनि निकै स्वाद पाउने हुँदा आममानिसको रुची पनि यसैमा बढी देखिन्छ । तर यस्ता खाने कुराले हाम्रो स्वास्थ्यलाई फाइदा नगर्ने पोषणविद्हरु बताउँछन् । जङ्कफुड प्रयोगले सबै उमेर समूहका व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर गर्ने उनीहरुको भनाइ छ ।

पछिल्लो समय नेपालमा विभिन्न रोग बढ्दै जानुमा पनि जङ्कफुड अर्थात् बजारमा पाइने प्याकेटको खाने कुरालाई पनि प्रमुख कारक भएको उनीहरुको ठम्याइ छ । जङ्कफुडले स्वास्थ्यमा पार्ने असर र जङ्कफुड छुटाउने उपायबारे वरिष्ठ पोषणविद् डा. उमा कोइरालाको जानकारी दिएकी छन् ।

शरीरलाई कस्ता पोषण तत्त्वको आवश्यक हुन्छ ?

क्यालोरी, प्रोटिन, भिटामिन (ए.बीसी.बी६, बी१२), क्याल्सियम, आइरन, फस्फोरस, जिंक शरीरलाई नभै नहुने तत्त्वहरु हुन् । यो सबै कुराले एकले अर्काेलाई सहयोग गरेर नै शरीरमा काम गरिरहेका हुन्छन् । उदाहरणका लागि क्यालोरी राम्रोसँग पचाउनको लागि प्रोटिन र प्रोटिन पचाउन क्यालोरीले सहयोग गरिरहेको हुन्छ । यस्तै विभिन्न किसिमको भिटामिन र मिनिरलले क्यालोरी र प्रोटिन पचाउन मद्दत गरिरहेको हुन्छ । यी विभिन्न पोषण तत्त्वले एकले अर्काेसँग समन्वय गरेर काम गरिरहेका हुन्छन् । सबै पोषणको बराबरी भूमिका हुन्छ । मात्राको हिसाबले शरीरमा कुनै कम चाहिन्छ भने कुनै अलि धेरै आवश्यक पर्छ । फरक यति मात्र हो ।

नेपालमा सहरी क्षेत्रमा बढी मात्रामा जङ्कफुडको प्रयोग भएको पाइन्छ । अहिले गाउँ घरमा पनि यस्ता खालको खानेकुरा प्रशस्त मात्रामा पुगेको देखिन्छ । सहरी क्षेत्रमा प्रायः अविभावकहरु व्यस्त हुने हुँदा विद्यालयमा खाजाको रुपमा पैसा दिने अथवा प्याकेटको खानेकुरा पठाउने गर्छन् । चाउचाउ, कुकिज, बिस्कूटजस्ता खानेुकुरा विद्यालय जाने बालबालिकाको दैनिक खाजा नै भइरहेको छ । बिहान पनि हतारमा थोरै खाएर जाने, दिउँसो पनि राम्रो खाजा भएन भने बालबालिकाले कसरी पौष्टिक तत्त्व प्राप्त गर्ने ?

पछिल्लो समय यस्ता पोषण तत्त्व पाउने खानेकुराभन्दा पनि जङ्कफुडको प्रयोग बढी भएको पाइन्छ । यस्ता खानपानले बालबालिकाको स्वास्थ्यमा कस्ता समस्याहरु आउँछन् ?

बजारमा प्याकेटमा पाइने विभिन्न खाने कुरा र जङ्कफुड खान दिँदा क्यालोरी र प्रोटिनप्रशस्त मात्रामा पाइँदैन । त्यसैले गर्दा बालबालिकाको विकास हुने समयमा हड्डी मांशपेसीको पनि वृद्धि गर्न सक्दैन । सेल वृद्धि हुनको लागि प्रोटिन चाहिन्छ । प्रोटिनसँगै क्यालोरी र डिभिजन भएन भने बालबालिकामा ख्याउटे, पुड्कोपन देखिने सम्भावना हुन्छ । हड्डीको राम्रोसँग विकास भएन भने पनि पुड्कोपन हुने, सेल बढेन भने ख्याउटे हुने हुन्छ । समयअनुसारको तौल र उचाई पनि नबढ्ने सम्भावना हुन्छ । जङ्कफुडले बालबालिकाको मानसिक विकास पनि समयअनुसार हुन सक्दैन । दिमागको सेलहरुलाई पर्याप्त मात्रामा खानेकुरा नपुग्दा मानसिक विकासमा पनि समस्या देखिन्छ । जुन कुरा जङ्कफुड बाट पाइँदैन ।

प्रकाशित भएको : September 17th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु