सेलाएकाे छवि शिल्पा काण्ड’मा आयाे कसैले साेच्नै नसकेकाे नयाँ ट्वीस्ट !! अब के हुन्छ


 

आफ्नै श्रीमान् छविविरुद्ध उ’जुरी गर्न प्रहरीमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल प्रहरीले खोजी गरेपछि पुनः छविसँगै बस्न थालेकी छिन् । उनीहरु दुवै जनासँगै बस्न थालेको खबर सार्वजनिक भएको छ ।

प्रहरीले बहुविवाहको उजु’रीमा उनीहरु दुवैलाई खोजी रहेको थियो । शिल्पाले छविबाट असु*रक्षित भएको भन्दै प्रहरीमा उ’जुरी दिए पछि विभिन्न किसिमका टिका टिप्पणीसँगै उनीहरुले ठूलै चर्चा कमाएका थिए ।

अभिनेत्री रेखा थापासँग सम्ब*न्ध विच्छे’दपछि छविले शिल्पासँग विवाह गरेका थिए । २०७३ देखि वैवाहिक सम्बन्धमा बाधिएका शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुको विवाह दर्ता २०७५ साल पुष ११ गते भएको हो । छविले शिल्पालाई चलचित्र “लज्जा” बाट डेब्यू गराएका हुन् ।

निर्माता छवि ओझाकी पहिलो पत्नी हेमा ओझा, दोस्रो अभिनेत्री गीताञ्जली सुनुवार, तेस्रो अभिनेत्री रेखा थापा र चौथो अभिनेत्री शिल्पा पोखरेल हुन् ।

विवाह गरेको केही समयपछि गीताञ्जलीले आ’त्म’हत्या गरेकी थिइन् । छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश, दोस्रोबाट एक छोरा साकार छन् । साकार फिल्म क्षेत्रमै सक्रिय छन् । अभिनेत्री रेखा र शिल्पाबाट कुनै सन्तान भएको छैन । छविकी पहिलो पत्नी हेमा पोखरेले शिल्पा र छवि दुवैलाई बहुविवाहको उजु’री दिएकी थिइन् ।

प्रकाशित भएको : September 17th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु