काठमाडौँको स्वयम्भुमा पानी पनि भन्न नपाईकन यी २० वर्षे युवकको ज्या*न गयो


 

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ*त्यु भएको छ ।

मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सानो भर्याङ निवासी मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृ*त्यु भएको हो ।

बसका चालक तारकेश्वर–४ नुवाकोट स्थायी घर भएका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सवारी ज्यान मु*द्दामा कारबाही चलाइएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी नायब उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीले बताएका छन् ।

मृतक भट्टको श*व पोस्ट*मार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : September 18th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु