नायिका स्वेता खड्काले गरिन् प्रधानमन्त्री ओलीको प्रशंसा, भेटेपछि दंग स्वेता


 

काठमाडौं । अभिनेत्री स्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी छिन् । स्वेताले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटेकी हुन् ।

भेटका अवसरमा स्वेताले सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकी छन् । प्रधानमन्त्रीलाई भेट गरेर आफ्नो कुरा राख्न पाउँदा आफूलाई खुशी लागेको स्वेताले बताएकी छिन् ।

‘भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र दृढ इक्ष्याशक्ति देखेर म त दङ्ग भएँ ।’ स्वेताले भनिन्, ‘प्रधानमन्त्रीज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ ।’

स्वेताले सिन्धुपाल्चोकमा ५३ माझी परिवारका लागि एकिकृत नमुना माझी बस्ती बनाउने अभियानमा सबै तह, तप्कालाई जोड्न चाहेको बताएकी छिन् ।

राजनैतिक द्वेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा साझा पाईला चाल्न उनले सबैलाई आग्रह समेत गरेकी छिन् ।

प्रकाशित भएको : September 18th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु