सुनको मूल्य घट्यो, दशैकाे मुखैमा जनता खुशी


 

काठमाडौं । बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अर्थात भदौ महिनाको पहिलो दिन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुनको महिनाको दास्रो दिन एक्कासी ६ सय रुपैयाँले घटेको छ ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार चाँदी प्रतितोला ८७० रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ

प्रकाशित भएको : September 19th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु