काठमाण्डौमा यस्ता ठाउँमा भेटिन्छन कलेज पढ्ने देखि बारमा काम गर्ने यौ’नकर्मी


 

नेपालमा यौ न व्यवसायमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौ न व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोबाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले काठमाडौंमा २७ हजार यौ नकर्मी महिला रहेको औंल्याएको छ । तर त्यसको दुई गुना बढी महिला यौ न व्यवसायमा रहेको यौ नकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ ।

पुरुष यौ नकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । यौ न व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौ नकर्मी छन् । पहिलो श्रेणीका यौ नकर्मी जो महँगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौ नकर्मीको कमाइ महिनामा कम्तीमा डेढदेखि दुई लाखसम्म हुन्छ ।

दोस्रो श्रेणीका यौ न व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरेमात्र उनीहरू व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरू थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाखदेखि डेढ लाख आसपास हुन्छ ।

तेस्रो प्रकारका यौ न व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौ नकर्मीको उमेर, सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले योभन्दा बढी पनि कमाउँछन् ।

चौथौ प्रकारका यौ न व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् । उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हँुदैन । घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौ नकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौ न बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । उमेर ढल्कँदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरैजसो प्रौढ यौ नकर्मीमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिँदै गएपछि उनीहरूको कमाइको स्रोत घट्दै जाने हुनाले उनीहरूलाई खर्चको जोहो गर्न मुस्किल पर्छ । कोहीकोही त युवायुवतीको बिचौलिया बनेर राम्रै कमाइ पनि गर्छन् ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौ न व्यवसाय फस्टाउँदो छ । एक यौ न व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँबराबरको कारोवार हुन्छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौ नकर्मीका ग्राहक हुन् । नेपालमा हुने यौ न व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ? यौ नकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ? मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन ।

यौ नकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौ नकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन । उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरूले भविष्यका लागि बचत गर्ने गरेका छन् । ढकाल भन्छिन्, नेपालमा यौ न व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौ नकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् । त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् । ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौ न व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ । आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछोरीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौ नव्यवसायी बताउँछिन् ।

पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अँगाल्ने युवतीको संख्या बढ्दै गइरहेको विजया बताउँछिन् । सहरमा हाइफाई जीवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाइका लागि भनेर पठाएको सीमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरू यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाइ छ । राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हाले पनि न्यूनतम तलबले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रूपमा उनीहरूले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । स्वास्थ्यका दृष्टिले ग्राहक फेर्दै नहिने यौ न व्यवसायी सुरक्षित छन् । एचआईभी, एड्स लगायत यौ न संक्रमणको सिकार उनीहरु कम हुने गरिएको पाइएको छ । एचआईभी नियन्त्रण केन्द्रका पूर्व निर्देशक डा. तरुण पौडेल एचआईभीको जोखिममा नपढेका र विपन्न अवस्थाका कारण यो पेसामा लागेमा महिला यौ न व्यवसायी बढी असुरक्षित रहेको बताउछन् ।

बसपार्कलाई कार्यथलो बनाइरहेकी एक यौ नकर्मीले भनिन्, यो समाजले सधैं हामीलाई नराम्रो दृष्टिले मात्र हेर्छ । हाम्रो विवशता कहिल्यै बुझ्ने प्रयाससम्म गर्दैन । उसले आफूले कमाएको सबै परिवारमा लगानी गरेको हुन्छ । उनका अनुसार यौ नकर्मी महिलाले आफूले कमाएको पैसाले फजुल खर्च गर्दैनन् । सौन्दर्य प्रशाधनका समान किन्नु परे ग्राहकबाट किन्न लगाउँछन् । मीठो खान मन लागे उसैबाट किन्न लगाउँछन् । आफूले कमाएको पैसा फजुल खर्च गर्ने एकदमै कम हुन्छन् । कसैकसैले यसै व्यवसायबाट काठमाडौंमा घर र गाडी पनि जोडेको उनी सुनाउँछिन् । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसँग विदेशबाट गिफ्टसमेत मगाउँछन् । धेरैजसो यौ नकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउँछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् ।

प्रकाशित भएको : September 21st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु