
भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरुले अनिवार्य क*ण्डम बोकेर हिंड्नै पर्ने भएको छ । क*न्डम नबोक्ने ट्याक्सी चालकलाई ट्राफिकले कारवाही गर्ने भएपछि ट्याक्सी चालकले अनिवार्य क*न्डम बोक्नै पर्ने भएको हो ।
भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् ।
कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइए भारी जरिवाना गरेको चालकहरुको गुनासो छ ।
From Ktm Dainik Tv
नेपाल भारत सीमामा पर्खाल लगाऔं मातृभूमिको रक्षा गरौं ।
प्राथमिक उपचारका सामान राख्ने बाकसमा ट्याक्सी चालकहरुले कण्डम समेत राख्ने गरेका हुन् । यद्यपि सवारी साधनमा कण्डम अनिवार्य नगरिएको ट्राफिक अधिकारीहरु बताउँछन् । चालकहरु भने चेकिङका क्रममा ट्राफिकले क*ण्डम समेत खोज्ने गरेको बताउँछन् ।
एएनआई समाचार एजेन्सीका अनुसार कतिपय चालकले कण्डम नबोकेकै आधारमा जरिवाना तिरेको बताएका छन् ।
त्यसो त, कण्डमलाई सुरक्षित यौ*न स*म्पर्कका लागि मात्र नभई अन्य प्रयोजनमा समेत प्रयोग गर्न सकिन्छ । सवारी चालकले कण्डम साथमा राख्दा फाइदा नै हुने अधिकारीहरुको भनाइ छ ।
मोटरको ‘प्रेसर पाइप’ फुट्दा इन्धन चुहावट रोकेर गन्तव्यतर्फ पुग्नका लागि क*न्डम प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ ।
यस्तै, चोट पटक लागेको अवस्था रक्तस्राव रोक्न सकिने गरी कण्डमले शरीरका अंग बाँध्न सकिने, वर्षाको समयमा जुत्तालाई भिज्नबाट बचाउन सकिने जस्ता फाइदा क*ण्डमबाट हुने चालकहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्