ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा फेरि एक युवतीको ज्यान गयो


 

काठमाडौं । राजधानीको ओम अस्पतालमा पत्थरीको अप्रेसन पश्चात एक युवतीको नि’धन भएको खबर छ । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन पश्चात मृ’त्यु भएको हो । मृ’तकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृ’त्यु भएको आरोप लगाएका छन् ।

शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृ’त्यु भएको मृतकका आफन्तहरुले बताए ।

यता अस्पताल प्रशासनले भने गुरुङको मृ’त्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) का कारण भएको दाबी गरेको छ । आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृ’त्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए ।

केही समय पहिला ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृ’त्यू भएको थियो । उपचारका क्रममा ओम अस्पतालमा यस्ता खालको घटना पटक पटक दोहोरिँदै आएको छ ।

प्रकाशित भएको : September 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु