श्रीमतीको काज किरिया गर्दै पाठक, छोरीले दिँदैछन् साथ


 

हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया (दशगात्र कर्म) गर्नु पर्दैन भन्ने मान्यता छ । तर, झापाको कनकाई नगरपालिका– ५ टेक्रा निवासी ३७ वर्षीया अमृता पाठकको निधन भएपछि दशगात्र कर्ममा बसेका उनका श्रीमान् दीर्घराज पाठक बीचमा छोरी अंकिता र जेठानी दिदी तुलसा । तस्वीर : सुरेन्द्र भण्डारी

हाम्रो समाजमा श्रीमानको मृत्यु भयो भने श्रीमती सेतो वस्त्रमा १३ दिने किरिया बस्ने, ४५ दिन वा एक वर्षसम्म सेतो कपडा लगाउँछन् । तर विडम्बना, सँगै मर्ने, सँगै बाँच्ने वाचा बाँधेर विवाह बन्धनमा बाँधिएका श्रीमानले भने १३ दिनको किरिया पनि बस्नु नपर्ने रे ! छोरा भए छोरा र छोरा पनि नभए मीतछोरा वा अन्य परिवारका सदस्यले किरिया गर्ने तर श्रीमानले श्रीमतीको किरिया नगर्ने कस्तो विभेदकारी नीति होला ? श्रीमानको किरिया श्रीमतीले गर्नुपर्ने तर श्रीमानले गर्न नपर्ने लैंगिक विभेदको अन्त्य गर्नु जरुरी छ ।

कतिपयले त श्रीमतीको निधन भएको ४५ दिन पनि नपुग्दै दोस्रो विवाह समेत गरेको देखिन्छ । तर, झापाको कनकाई नगरपालिका– ५ टेक्रा निवासी दीर्घराज पाठकले भने फरक उदाहरण देखाएका छन् । उनकी ३७ वर्षीया अमृता पाठकको निधन भएपछि उनी १३ दिनको पुण्यकर्ममा बसेका छन् । उनी आफ्नो छोरी र भाउजुसंगै श्रीमतीको काजकिरिया बसेका हुन् । श्रीमातीको निधन भएपछि दशगात्र कर्ममा बसेका उनको कामलाई गाउँमा उदाहरणीय भन्दै प्रशंसा गरिएको छ ।

प्रकाशित भएको : September 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु