दुर्घट,नापछि केकीको स्टाटस् : हामी सकुशल छौं


 

काठमाडौं / अभिनेत्री केकी अधिकारी लगायत सुटिङ युनिट चडेको स्कार्पियो गाडी रौतहट जाने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनाको खबर सामाजिक सञ्जालमा बाहिरिएपछि अभिनेत्री केकी अधिकारीले आफूहरु सकुशल रहेको जानकारी अफिसियल फेसबुक मार्फत दिएकी छिन् । हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।

र यो पनि पढ्नुहोस्

नायिका केकी अधिकारी चढेको गाडी दुर्घ*टना, यस्तो छ अवस्था

काठमाण्डुबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनाग्रस्त भएको छ । आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो ।

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेको कलाकार यादवले बताए ।

अन्तिम पटक अपडेट गरिएको : January 5th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु