भारतका कोठीमा नेपाली युवती, सयौ नेपाली चेलीको उद्दार !


 

काशीराम शर्मा, बाँके- जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।

भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकाँश महिलाले नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् । भारतको कोठीबाट नेपाली चेलीको उद्धार गरेर फर्काउनु कम्ती चुनौतीपूर्ण छैन । बेचिएका र जोखिममा परेका चेली फर्काउन नेपाल र भारतबीच सन्धि सम्झौता छैन । त्यस्तै, कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारण उद्धारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने गरेको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालले भारतका विभिन्न ठाउँमा खोजी ‘अपरेशन’ सञ्चालन गरी एक वर्षमा ५४ जनालाई फर्काएको छ । माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष २०७५÷७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्धार गरेको छ जसमा तीन जना तेस्रो मुलुकका रहेका छन् । माइती नेपाल चेलीहरुको उद्धार गर्न आफ्नै संयन्त्रमार्फत भारतको नयाँ दिल्ली, आगरा, मेरठ, इलाहाबाद लगायतका स्थानमा पुगिरहेको हुन्छ ।

प्रकाशित भएको : September 23rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु