नायिका प्रियंकाको सिनेमा यसरी उछिट्याइन् आलियाले


 

एजेन्सी – बलिउडमा पछिल्लो समय नायिका प्रियंका चोपडा र आलिया भट्टको निकै चर्चा छ । केहि समय अघि नायिका प्रियंकाले संजय लिला भन्सालीले निर्माण गर्न लागेको नयाँ फिल्ममा काम गर्ने हल्ला चलेको थियो । तर उक्त हल्ला अहिले उल्टो भएको छ । भारतिय मिडियाका अनुसार नायिका प्रियंकाले गर्ने भनेको फिल्ममा अब भने नायिका आलियाले गर्ने भएकी छिन् ।

 

नायिका आलियाले प्रियंकाको यस फिल्म खोसेकी छिन् । मिडियाका अनुसार उक्त फिल्मले कमाठीपुरामा वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनी पेस गर्ने बताइएको छ । संजयले निर्माण गरेको ुइन्शाल्लाहुको सुटिंग रोकिएपछी संजयले नायिका आलियालाई नयाँ फिल्ममा प्रबेश गराएको बताइएको छ ।

प्रकाशित भएको : September 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु