एमआरआई मेसिनभित्रै बिरामी हुलेर खाजा खान निस्किए डाक्टर, ३० मिनेटसम्म पनि डाक्टर नआएपछि…


 

एजेन्सी। भारतमा एमआरआई गराउन अस्पताल पुगेका एक बिरामी एमआरआइ मेसिनभित्रै थुनिएका छन् । एमआरआई गराउन अस्पताल पुगेका ५९ वर्षका राममेहर सिंहलाई क्लोस्ट्रोफोविक टनेलभित्रै थुनिएका हुन् । सिंह ३० मिनेटसम्म एमआरआइ मेसिनभित्रै थुनिएका थिए । चिकित्सकहरुले उनलाई परीक्षण गर्न मेसिन हुलेर छाडेका थिए । उनी त्यहाँबाट बेल्ट चुडाएर बाहिर निस्किएका थिए।

एमआरआइ गराउँदा प्रस्ट रिपोर्ट नआएपछि तीन पटकसम्म उनलाई परीक्षणका लागि मेसिनभित्र पठाएका थिए। तीन पटकसम्म मेसिनभित्र पठाएपछि चिकित्सकहरु दिउँसोको खानाका लागि बाहिरिएको टाइम्स अफइन्डियाले जनाएको छ।

मेसिन भित्र पसेको ३० मिनेटपछि उनले कसैले परीक्षण नगरिरहेको चाल पाए। त्यसपछि उनले अलार्म दबाए। अलार्म बजाउँदा पनि कुनै रेस्पोन्स भएन। त्यसपछि उनले हात गोडा नै चलाएर भित्र थुनिएको जनाउ दिए। त्यसपछि बेल्ट टुटाएर उनी बाहिरिएका थिए।

एमआरआइ मेसिनबाट निस्किएपछि उनले अतालिंदै भने -म अरु ३० सेकेन्ड भित्र रहन परेको भए सायद बाँच्थिन्,’। अस्पतालको लापर्वाहीको विषयलाई लिएर उनले हरियाणाका स्वास्थ्य मन्त्री तथा प्रहरीकहाँ उजुरी गरे। प्रहरीले उजुरीपछि एमआरआइ गराउने कोठाको सीसीटीभी फुटेज हेरेको थियो। फुटेजमा उनले जे भनेका थिए त्यही देखियो।

एमआरआई मेसिनभित्र प्यानिक अट्याकको सम्भावना अधिक हुने चिकित्सकहरुको दावी छ। त्यसैले, व्यक्तिको एमआरआईमा लापरबाही गर्ने अस्पतालकै अनुसन्धान हुने भएको छ।

प्रकाशित भएको : September 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु