पाकिस्तानमा देखि भारतको दिल्ली सम्म गयो ठुलो भूकम्प, घर भत्किए, सडक चिराचिरा (फोटो सहित)


 

पाकिस्तान र भारतको सीमाक्षेत्रमा आज ५ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जहाँ ८ जनाको निधन भएको छ भने एक सय भन्दा धेरै घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।

८-१० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको समाचार पत्र द डनले उल्लेख गरेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ। पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

थुप्रैतिरबाट जमिन चिरा परेका र घरहरू भत्किएका तस्बिरहरू आएका छन्। भारतको राजधानी नयाँदिल्लीसहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिएकाे छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्।हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।भारतको मौसम विभागले भने भूकम्प ६.३ म्याग्नेच्युड भएको बताएको छ।

प्रकाशित भएको : September 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु