तीन दिनमा दुई लाख टिकट बुकिङ


 

काठमाडौं । दसैंका लागि बुकिङ खुला भएको तीन दिनमा २ लाख टिकट बुकिङ भएको छ। उपत्यकाका विभिन्न स्थानमा रहेका काउन्टरमा टिकट लिन यात्र जम्मा हुने गरेका छन् । सबैभन्दा बढी बुकिङ गोंगबुस्थित नयाँ बसपार्कबाट भएको छ।

पहिलो दिन आइतबार सबैभन्दा बढी यात्रुको भीड यही काउन्टरमा लागेको थियो। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार उक्त काउन्टरबाट पहिलो दिन सबैभन्दा बढी ३० हजारले टिकट बुकिङ गरेका थिए।

फाइल तस्विर : टिकट काउन्टरमा टिकट बेच्न बसेका कर्मचारीहरु । झ्यालबाहिरबाट टिकट लिनको लागि लामबद्ध भएका यात्रुहरु ।

‘पहिलो दिन सबैभन्दा बढी यात्रुको भीड भएको ठाउँ नै नयाँ बसपार्क हो,’ उनले भने, ‘बढी बुकिङ पनि यही ठाउँबाट भएको छ, जहाँ १५ वटा टिकट काउन्टर छन् ।’ काउन्टरहरूमा अहिले यात्रुको भीड कम हुँदै गएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार सबै काउन्टरमा गरेर अहिलेसम्म करिब २ लाख टिकट बुक भइसकेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित भएको : September 25th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु