दशैको मुख’मा अस्ट्रेलीयाबाट छोराको बुबालाई चिट्ठी


 

बुवा ढोग ख’बर त खासै थिएन, स’बैले डलर छाप्न गएको खुब छा’प्या छस् है भनेर वाक्क दि’क्क लगाएको भ’एर यो चि’ट्ठी कोर्दैछु। हुन त भेटेरै मख भ’रीको जवाफ दिन मन थियो तर तत्का’ल आउन न’मिल्ने भयो काम र क’लेजले गरेर त्यहि भएर यो खत ले’ख्दै छु। मिल्छ भने मेरा साथी अनि गा’उँले दाजु भाई, पैसा टिप्न गए जसरी कति ला’ख पठाईस त भनेर भन्ने पल्ला घरकी का’कीलाई यो चिट्टी पढेर सुनाई दिनु।

घरबाट आउँदा लागेको ऋृण तिर्नलाई खुट्टाको हड्डी खिईन्जेल काम गरेको तिनीहरुले देखेका छैनन् होला। तिन दिन दिउँसो कलेज गएर पाँच दिन साँझ हस्याङ र फस्कयाङ गर्दै एकातिर पसिना चुहि रहँदा पनि कम्मरमा भिरेको प्यान समाउने रुमालले पसिना पुच्दै काम गर्दा कति खेर त्यो आगोले हातका भुत्ला लगेको थाहा नहुने गरि काम गरेर जोगाएको पैसा पठाउँदा समेत हेर डलर छाप्या छ भन्नेलाई यो फोटो देखाई दिनु होस् ताकि पैसा टिप्न के गर्नु पर्दो रहेछ।

त्यो किचनको भित्तामा राखेको भित्ते घडीको टिक टिकको आवाजसँगै चलेका मेरा १५० किमीको स्पिडको प्याज र आलु कटाई अनि डढेर काती भएको बर्नरलाई सफा गर्दै गर्दा कोठा पुग्ने अन्तिम ट्रेन छुट्छ कि भनेर घरि घरि त सासपो फेर्न बिर्सेछु की जस्तो गरी किचेन सफा गरेर बाहिर निस्कदा आमाले अँगेनामा भात पकाएर कुरेर छोरो भात पाक्यो खान आईज भन्दा झर्केर अहिले खाँदीन, पछि खान्छु भनेको सम्झदै ट्रेनमा थ्याच्छ बसेको यो फोटो पठाएको छु। गएर त्यो काकालाई दिनु होस् जसले मलाई पठाउने बेला बहाना बनाएर राखेका पैसा अरुलाई दिएका थिए।

फि जुटाउ चौध घण्टासम्म काम गरेर राखेको पैसा बुबाले छोरो घर खर्च जुटाउन पर्यो, छ भने अलिकती पठाईदेन भनेर बिलौना गर्दा कलेजको फीबाट चुडालेर पठाएको पैसा अनि साथीसँग मागेर कलेज फीको लागि तिरोभरो गर्दै गर्दा त्यहाँबाट आईफोन र डलर पठाईदेन यसो ट्रिट हान्न पर्यो भन्ने साथीलाई यो साथी पो साथी, तिमीहरु त खानको र पैसाको मात्र साथी रहेछौ असल साथी त यी हुन भन्दै यो साथीको फोटो देखाई दिनु होस्।

धेरै लेखीन बाबा, अहिलेको सेमेस्टरको फी यताउता गरेर जुटाएँ। साथीहरु सबैले एक आपसमा सहयोग गरेर आफ्नो समस्या सुल्झाउँदै छौ। मिल्यो भने दशैमा अलिकती घर खर्च हाल्दिन्छु। उही परदेशी छोरो अभी – यो चिठी केहि समय अगाडी लेखिएको चिठी हो ! साभार इ नेपाल डट कम

प्रकाशित भएको : September 26th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु