खुल्ला शौच गरेको भन्दै १२ वर्षकी रोशनी र १० वर्षका अविनाश दलितलाई कुटीकुटी ह त्या


 

भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीकुटी ह*त्या गरेका छन् ।

घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए ।

पुलिसका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर गरेको भन्दै गाली गरे त्यसपछि उनले रामेश्वरसँग मिलेर हमला गरे ।

पुलिसका अनुसार दुई अभियुक्तलाई पक्राउ गरिएको छ ।

घटनापछि तनावका कारण क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे । उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृ*त्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’

घटनापछि पुलिसले दुई बच्चाको शवलाई पोस्टमार्टमका लागि शिवपुरी पठाएका थिए ।

प्रकाशित भएको : September 26th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु