हेटौँडा पुगेका रवि लामिछाने अस्मिताका कानुन व्यवसायीका कारण सम*स्यामा !


 

हेटौँडा । पत्रकार शालिकराम पुडा,सैनीको आत्म,ह,त्या प्रकरणमा चितवन जिल्ला अदालतको आदे,शविरु,द्ध चर्चित सञ्चारकर्मी रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको नि,वेदनमा आज हुने भनिएको सु,नुवाइ फेरि पनि स्थ,गित भएको छ ।

बिहीबार उच्च अदालत पाटनको‚ हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासमा परेको सुनुवाइ रुकु भन्ने अस्मिता कार्कीका कानुन व्यवसायीका कारण स्थगित भएको हो ।

कार्कीका कानुन व्यवसायी रामकृष्ण देउलाको निवेदनका कारण सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनको हेटौँडा इज,लासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।

यसअघि लामिछाने र पत्रकार युवराज कंडेलका कानुन व्यवसायीले दुई पटक निवेदन दिएर सुनुवाइ स्थगित भएको थियो । कानुनी हिसाबले हेर्दा एक पक्षको तर्फबाट जम्मा दुई पटक सुनुवाइ स्थगित गर्न पाइने व्यवस्था छ । लामिछानेको तर्फबाट दुई पटक नै सुनुवाइ स्थगित गरिएको छ ।

सुनुवाइ हुने आशामा हेटौँडा पुगेका लामिछाने फेरि पनि निराश भएर फर्किएका छन् । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका सञ्चारकर्मी लामिछाने र पत्रकार कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा पुगेका थिए ।

त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कंडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेशवि,रुद्ध उच्च सरकारी वकिलको कार्यालयले अर्को निवेदन दिएको थियो ।

पत्रकार पु,डासैनीलाई आ,त्मह,त्याको दु,रुत्सा,हन आ,रोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रि,हा गरेको थियो ।

यसअघि लामिछाने र कंडेलको निवेदनमा सु,नुवाइ गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदा,लतबाट सक्कल फाइल मगाउने आ,देश जारी गरेको थियो ।

निवेदनको प्रारम्भिक सुनु,वाइको क्रममा मगाइएको प्रतिवेदन उच्च अदालत हेटौँडामा पुगेको छ ।

प्रकाशित भएको : September 26th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु