
2 years ago
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसहितविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा खारेज भएको छ । रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको हो ।
निर्मला पन्त बलात्काररहत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिने र दिने गरेर अदालतको मानहानी गरेको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले उनीहरुविरुद्ध रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनजपुरका न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासले उजुरी खारेज गर्ने आदेश दिएको हो ।
प्रकाशित भएको : September 26th, 2019
प्रतिकृया दिनुहोस्