श्रीमान र सासुले दिएको यातना सुनाउदै रोईन मिना, सहयोग गर्ने मान्छेले नै लुट्न खोजे (हेर्नुस भिडियो)


 

कसैलाई हाँसिरहनु पर्ने । अरुलाइ पनि हसाउनु पर्ने । चिटिक्क परेर हिड्नुपर्ने मनमा आट र साहस भएकी पात्र हुन २४ बर्षिया मिना पुन । विगतदेखि वर्तमानसम्म उनको जीवनमा थुप्रै उतारचढाव आए । दाङ जिल्लाको अति नै बिकट केउरीकी बबईमा जन्मेकी मिना अहिले कोहलपुर १३ भरैयामा बस्छिन । सुरुवातका दिन सम्झिएर केही भावुक भएता पनि मिना आजभोली आफ्नो आट साहस देखेर आफै खुशी हुने गरेकी छन् ।

उनको परिवार आफन्त साथिभाइ जो कोहि पनि उनको आट साहस देखेर दङ्ग पर्दछन् । जन्मेको छ महिनामा आमा घास दाउरा गएको बेला उनी पुरै जलिन र ३ दिनमा होसमा आइन जसोतसो उनलाइ नेपालगन्जमा डाक्टर बिनोद थापा कहाँ पु¥याइयो । डाक्टर थापाले उनलाइ हेरे पछि एउटा खुट्टा काट्नुपर्छ भने र उनको खुट्टा काटियो । बिकट गाउँ अहिले सम्म उनको गाउँमा गाडी पुगेको छैन् ।

मिना हुर्किदै गईन । स(सानो काममा आमालाई सघाउन थालिन । बिस्तारै बैशाखीको भरमा घाँस दाउरा पानी पधेरोको काम गरिन । घरमा पढ्ने इच्छा ब्यक्त गरिन् । घरपरिवारमा आफन्तले आफूलाई यस्तो मान्छेले पढेर के गर्नु पढ्नु पर्दैन भने तर मैले पढ्ने रहर मारिन, उनले भनिन,( आफ्नो जिद्दीमा कोहलपुर चपरगौडीको श्री ज्ञान् जोति माबिमा पढुन थाले । निकै संघर्षका दिन थिए केहीबेर भाबुक हुँदै उनले भनिन,– दाइ घाँस दाउरा बेच्नुहुन्थियो खाना मैले बनाउथे । मिनाको परिवारले स्कुल नजिकै पर्नेगरी अरुको जग्गामा भाडा २०० रुपिया तिर्नेगरी सानो कटेरो बनाएका थिए । कहिले काहीँ दाजु कामले घर जादा मिना एक्लै हुन्थिन, डर पनि लाग्थ्यो । दशैंमा विद्यादय विदा हुँदा घर जादा शम्शेरगञ्जबाट बिहान हिडे साँझ पुगिन्थ्यो । अहिले कोहलपुर छौं र धेरै सजिलो छ उनले भनिन ।

विगतमा विद्यालय जाँदा अरुले जिस्काउने पढेर के गर्छ भन्थे, उनले विगत सम्झिदैं भनिन,– भन्नेले जे भनेपनि म केही गर्छु भन्ने आट लिएर पढाई पुरा गरे । घरबाट निस्किन थाले पछि सबै संघ अलि अलि परिचय भयो उनको । मिना सानैबाट अभिनय र नृत्यमा शौखिन थिइन् । सबैजना उनको अभिनय र नृत्य हेरेर दङ्ग पर्ने गरेको उनी बताउँथिन ।

नेपालको पहिलो डान्सिङ रियालिटी शो छमछमी मा फर्म भरिन मिनाले । देशभरी तीन हजार जना थिए । त्यसमा मिना टप २ मा पर्न सफल भईन । यहि नै उनको जीवनको टूनिङ पोइन्ट भयो । उनलाई देशैभरी धेरैजनाले चिन्न थाले । उनलाई विभिन्न स्टेज शोमा निम्तो आउन थाल्यो । अहिले सम्म पोखरा, सुर्खेत, दाङ, चितवन, काठमाडौं लगायत विभिन्न प्रादेशिक महोत्सव,स्कुलको बार्षिक उत्सव गरि ४०० स्टेज कार्यक्रममा दर्शकलाई उनले नृत्य देखाईसकेकी छन् ।

बिदेशमा उनले मलेसिया दुबई ,हङकङमा स्टेज तताइ सकेकी छन । मिना सबै खालको गीतमा एउटा खुट्टा र बैशाखीको भरमा मज्जाले नृत्य गरेर दर्शकलाई पनि मज्जाले नचाउछिन् । कार्यक्रममा निम्ता आउँदा त्यहाँ सम्मान पाउँदा उनी सारै खुशी हुन्छिन् ।

उनि अहिले काठमाडौँमै छिन । काठमाडौँ आएपछी धेरै थरिका मान्छेहरुको साथ पनि पाए घात पनि पाएको उनि बताउछिन । उनलाई काठमाडौँ ल्याउनेले नै उनलाई लुट्न खोजेको उनि बताउछिन । नाम नबताउने सर्तमा उक्त मान्छेले आफुलाई आएको सहयोग समेत मागेको बताईन । हामीले मिना संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

प्रकाशित भएको : September 26th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु