घटस्थापनामा सार्वजनिक विदा दिने घाेषणा


 

पोखरा । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो । यसअघि क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदेश सरकारले केन्द्र सरकारले प्रदान गरेको ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकारमा टेकेर यो बिदा घोषणा गरेको हो ।

आजदेखि देशभरका जग्गाको भाउ बढ्यो

सरकारले साउन १ गतेदेखि लागु हुनेगरी देशभरका जग्गाको न्युनतम मुल्यांकन परिवर्तन गरेको छ। नयन मुल्यांकन अनुसार उपत्यकामा जग्गाको मूल्य ५ देखि २० प्रतिशत सम्म बढेको छ ।

नयाँ मुल्यांकन अनुसार बल्खु देखि बनस्थली समा चक्रपथसंग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ३५ लाख तोकिएको छ । रविभवन, टेकु, कालिमाटीमा रहेका जग्गाको भए १८ देखि ३३ लाख निर्धारण गरिएको छ।

त्यसैगरी भुमि व्यवस्थापन विभागले घरजग्गा व्यवशायमा आवद्ध व्यक्ति तथा कम्पनीबाट जग्गा वा भवनको बिक्रि मुल्यमा थैली अंकको १ दशमलव ५ प्रतिशत पुँजीगत लाभ कर अग्रिम रुपमा उठाउन समेत निर्देशन दिएको समाचार आजको अभियान दैनिकमा प्रकाशित छ।

प्रकाशित भएको : September 27th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु