नागढुंगाको जाममा छोराको ज्या’न गएपछि श’व काखमा राखेर भावविह्वल आमा


 

धादिङ। रौतहटका ३५ वर्षीय रूपलाल साहलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा नै मृ’त्यु भयो ।

राजधानी भित्रिने मुख्य प्रवेशद्वार नागढुंगामा घण्टौं लामो जाम परेपछि उपचारका लागि उनलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको मृ’त्यु भएको हो ।


त्रिभुवन राजपथ मर्मत र सवारी आवागमनका कारण ३० किलोमिटरभन्दा बढी जाम भएपछि रौतहट गौर नगरपालिका–७ का ३५ वर्षीय रूपलाल साहले बसभित्रै आमाको काखमा ज्या’न गुमाए ।

मिगौलाका बिरामी साहलाई थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा पृथ्वीराजमार्गस्थित थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा बस भित्रै मृ’त्यु भएको थियो महादेवबेसी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित भएको : September 27th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु