कुलमानको कमाल : देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन


 

काठमाण्डौ – सरकारले देशभरका ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको छ । नेपाल विद्युत प्राधिकरणले एउटा ठाउँमा तीन वटासम्म गाडी अट्ने गरी चार्जिङ स्टेशन बनाउने योजना अघि सारेको हो ।

त्यसको लागि मुख्य शहरभित्रका मूल सडक तथा मुख्य राजमार्गसँग जोडिएका जग्गा निशुल्क उपलब्ध गराउन पनि प्राधिकरणले आह्वान गरेको छ ।

राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्ट आदिका पार्किङस्थल भएका ठाउँ चार्जिङ स्टेशन बनाउन उपयुक्त हुने प्राधिकरणले जनाएको छ ।

जग्गाको प्राविधिक, आर्थिक, भौगोलिक र अरु आधारमा सम्भाव्यता अध्ययन गरेपछि प्राधिकरणले चार्जिङ स्टेशन निर्माणको लागि जग्गा छनोट गर्नेछ ।

देशमा कुलमानले फेरी अर्को नौलो खालको कार्य शुरु गर्दै हुनुहुन्छ | यस सन्दर्भमा देशमा फेरी नयाँ गति उत्पन्न हुदैछ | त्यसकारण कुलमानलाई नचिन्ने र मायाँ नगर्ने सायदै कोहि छैनन् सबैले उनलाई मायाँ ररिरहेका छन् |

अन्तिम पटक अपडेट गरिएको : October 15th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु