नायक राजेश हमाललाई १ लाख राशिको पुरस्कार सहित सम्मान गरिने


 

काठमाडौँ । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई नगद एक लाख राशिको पुरस्कार सहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसक्नु भएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्व पूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनु भयो । सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् । भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ ।

केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ। करीब ३०० चलचित्रमा अभिनय गरिसक्नु भएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत नगद एकलाख राशिको पुरस्कार सहित साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

अन्तिम पटक अपडेट गरिएको : November 2nd, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु