‘भ्र’ष्टाचारको वि’रुद्ध बोल्नेलाई मु’क्का, दुई तिहाईको उपहार केवल उखान टुक्का’


 

काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कु’टपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् । उनले एक स्टाटस लेख्दै शनिबार भ्र’ष्टाचारको वि’रुद्धकमा बोल्नेलाई मु’क्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्य’ङ्ग्य गरेका छन् ।

साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् । चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचार वि’रुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘रा’जावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम वि थाल्दै शाहीमाथि कु’टपिट गरेका थिए । चौबिस कोटी स्थित होटल ग्लोबल बाट निस्किएर गाडी चढेका उनी माथि कु’टपिट भएको हो ।यसरी भएको थियो घटना


नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरमा एक कार्यक्रम राखेको थियो । नेकपा समर्थित केही युवाहरुले “मण्डलेहरुलाई चितवनमा कार्यक्रम गर्न दिँदैनौ” भनेर स्टेज नै भत्काइदिएपछि ज्ञानेन्द्र शाहीहरु कार्यक्रम नै नगरी होटल फर्किदै थिए । ३ बजे ज्ञानेन्द्र शाहीको समूहको विमानबाट काठमाडौं फर्कने टिकट थियो । सोहिअनुरुप होटलमा पुग्नै लागेको बेला २० देखि २५ जनाको समूहले उनीहरु चढेको बा ३ ख ४५ नम्बरको माइक्रोबसको चालकको घाँटी थिचेर चालकलाई बाहिर निकाले । चालक बाहिर निस्किएपछि गाडीभित्र रहेका केही मानिसहरु भाग्न थाले भने ज्ञानेन्द्र शाही अन्य २ जना महिला र गाडीका सहचालक भने गाडीभित्र नै थुनिए ।

त्यसपछि उक्त समूहले भाला, रड ले माइक्रोको सिसा फुटाएर भित्र रहेका मानिसहरुलाई अन्धधुन्न कुट्न थाले । भालाले घो’च्ने र आज हामी यही मारि’दिन्छौ भन्दै आ क्र मण गर्न थाले । ज्ञानेन्द्र शाहीको पेटमा भाला रोपिएपछि उनी रक्ता म्मे भएर भुइमा लडे । शाही लडेपछि त्यो समूह, ल यो म’र्‍यो भन्दै त्यहाँबाट भागे ।

४ जना मानिसलाई २० देखि २५ जनाको हतियारधारी समूहले १५ मिनेटसम्म निर्घात रुपमा कुटपिट गरेको ट्रमा सेन्टरमा उपचार गराइरहेकी ज्ञानेन्द्र शाही समूहकी एक महिलाले बताइन ।
शाहीलाई उनका समर्थक र प्रहरीको सहयोगमा गाडीबाट बाहिर निकालियो । उनलाई तत्काल अस्पताल पुर्याउनु पर्ने थियो एउटा ट्याक्सी आइपुग्यो । शाहीलाई उक्त टयाक्सीमा राखेपछि ड्राइभरले गाडी कुदाउन सक्दिन भनेर भाग्यो । हामी के गर्ने कसो गर्ने भन्ने अन्यौलमा थियौं । सोही समयमा एकजना ट्राफिक प्रहरी आइपुग्नुभयो र उहाँले नै गाडी कुदाएर हामीलाई चितवन मेडिकल कलेजसम्म पुर्‍याइदिनुभयो ।

मेडिकल कलेजले टाउकोमा गम्भिर चोट लागेको कारण यहाँ उपचार सम्भव नहुने बताएपछि हामी अन्तिम फ्लाइटबाट राजधानी आएका हौं ।
एति एयरलाइन्सको अन्तिम फ्लाइटबाट राजधानी ल्याइएका घाइतेहरुलाई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरेहेको छ ।

ज्ञानेन्द्र शाहीमाथि भएको कुटपीटको विषयमा गगन थापा, रवि लामिछाने, प्रकाश चन्द्र लोहनी लगायतकाले गलत काम भएको भन्दै आफ्नो राय व्यक्त गरिसकेका छन् ।

प्रकाशित भएको : September 29th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु