अन्तिम संस्कारका लागि लिएको मान्छे जुरुक्क उठेपछि अर्का व्यक्तिको नि,धन


 

काठमाडौं । के हुन्छ जब अन्तिम संस्कारका लागि लिएको मान्छे उठ्छ ? साउदी अरेबियामा यस्तै घटना देख्न पाइएको छ। साउदीको मारोकेच सहरस्थित एक अस्पतालमा गत शुक्रबार उपचारका लागि एक बिरामी भर्ना भएका थिए।

उपचार गर्न भर्ना भएका ती बिरामीलाई डाक्टरहरूले मृ त घोषणा गरिदिएपछि नयाँ काण्ड सुरु भएको हो। मृ त भएका ती व्यक्तिलाई परिवारहरूले अन्तिम संस्कारका लागि लिन खोज्दैथिए। मस्जिदबाट धर्मगुरू बोलाएर सबै खालको तयारी पुरा गरिएको थियो।

धर्मगुरूले मृ त व्यक्तिलाई अन्तिम बिदाइ गर्न नमाज पढ्न सुरू गरे। तर मृ त भनिएका व्यक्तिको अन्तिम बिदाइ हुँदै गर्दा ती व्यक्ति उठे। अन्तिम संस्कार गर्न तयारी पारेको मान्छे उठेको देखेर धर्मगुरूलाई हृदयघात भयो जसपश्चात उनको निधन भयो । धर्मगुरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्या न गएको बताइएको छ।

From KTV Dainik TV

यो पनि पढ्नुहोस : घुस माग्ने कर्मचारीकाे कारमा भैँसी बाँधी दिएपछी…

नेपालमा पछिल्लो समय कमिसनका कारण जनता तनावमा छन् । सानो काम सम्पन्न गर्नको पनि अधिकारीहरुलाई घुस दिनुपर्ने पिडा नेपालीहरुले लामो समय देखि भोग्दै आएका छन् । घुस अर्थात भष्ट्राचार भारतमा पनि ठुलो समस्यामा रुपमा देखिएको छ ।

भारतको मध्य प्रदेशमा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् । मध्य प्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो । त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए ।

तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर साजिक सञ्जालमा छाएको छ । भूपेन्द्र सिंहले भनेका छन् ‘म पछिल्लो ६ महिनादेखि आफ्नो परिवारको जग्गाको काम गर्न कार्यालय गएँ तर मेरो काम भएन ।

उल्टै घुस माग्न थालियो । मसँग पैसा थिएन । भएको सबैभन्दा महँगो सम्पत्ति भनेकै भैँसी थियो । त्यसैले मैले घुस माग्ने कर्मचारीलाई भैँसी दिएको हुँ ।’ तर भूपेन्द्र सिंहले लगाएको आरोप सरकारी कर्मचारी सिद्धार्थ सिंघले अस्वीकार गरेका छन् ।

उनले भूपेन्द्र सिंहले यो काम चर्चामा आउनका लागि मात्रै गरेको आरोप लगाएका छन् । प्रहरीले यो घटनाको थप अनुसन्धान गरिहरेको छ । एजेन्सी

प्रकाशित भएको : September 29th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु