ज्ञानेन्द्र शाहीमाथि कुटपिट सरकार फासिस्ट हुँदै गएको संकेत : गगन


 

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कु ट पि टको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घ ट ना भएको बताए ।

‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिन दहाडै ज्यान लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु । यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ’ उनले भने ।

थापाले अघि भने ‘सरकार कानुन बनाएर स्वतन्त्रता खोस्दैछ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’ शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो ।

हिजो नै थापाले फेसबुकमा एक स्टाट्स राख्दै भरतपुरमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपीटको विरोध गरेका थिए ।

अन्तिम पटक अपडेट गरिएको : November 9th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु