
ताजा समाचार । २७ असोज, काठमाडौं :
चिनिया राष्ट्रपति सीजिनपिङ्गलाई नेपालबाट बिदाइ गरेको केही दिनपछि राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले आफ्नो विदेश भ्रमणका कार्यक्रम तय गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी जापान र प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान जाने गरी तयारी शुरु भएको छ ।
स्रोतका अनुसार, राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम तय भइसकेको छ । त्यस्तै प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिनका लागि अजरबैजान जान लागेका हुन् ।
राष्ट्रपति भण्डारीकाे म्यानमार र जापानको राजकीय भ्रमण असोज २९ गतेबाट सुरू
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

भण्डारीले असोज २९ गतेबाट म्यानमार र कार्तिक ३ गतेबाट जापानको राजकीय भ्रमण गर्न लागेकी हुन् । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा कार्तिक ३ गतेसम्मको पाँच दिनको भ्रमण हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
म्यानमारकी स्टेट काउन्सीलर आङ सान सूचीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । म्यानमारबाट उहाँ सिधै जापान जाने कार्यक्रम छ । जापानी सम्राट नारोहितोको राज्यारोहण समारोहमा सहभागी हुनका लागि उहाँ जापान जान लाग्नुभएको हो ।
कात्तिक ५ गते हुने नारोहितोका राज्यारोहण समारोहमा उहाँ सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
सर्वेन्द्र खनाल चिलितर्फ
चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औँ महासभामा भाग लिन आइतबार राति चिली प्रस्थानका क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बिदाइ गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई । तस्बिर सौजन्य : प्रहरी प्रधान कार्यालय
प्रतिकृया दिनुहोस्