दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी


 

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। वर्तमान मन्त्रीहरूको अक्षमताका कारण सरकार नै असफल हुन थालेपछि प्रधानमन्त्री ओलीले कठोर निर्णय लिन लागेका हुन्।

सत्तारुढ दल नेकपा उच्च स्रोतका अनुसार, नेकपाको असोज २९ गते हुने चियापानको एक–दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने छ। उक्त पुनर्गठनमा अहिले मन्त्री रहेकामध्ये पाँच जनासम्म पनि दोहोरिने संभावना कम रहेको स्रोतको दाबी छ।

नेकपा स्रोतका अनुसार, वर्तमान सरकारमा रहेका मन्त्रीमध्ये उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल चाहिँ अर्को महत्वपूर्ण मन्त्रालयसहित रहिरहने छन्। साविक एमालेबाट मन्त्री भएकामध्ये उपप्रधामन्त्री पोखरेललाई अर्थ वा भौतिक योजना वा गृह मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने संभावना रहेको स्रोतको दाबी छ।

साउन १५ गते मात्र मन्त्री भएका पर्यटनमन्त्री योगेश भट्टराईलाई हटाइने छैन भने एक वर्षअघि मन्त्री भएका कानूनमन्त्री भानुभक्त ढकाल पनि कायमै रहने संभावना रहेको उक्त स्रोतको भनाइ छ।

त्यसबाहेक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पनि मन्त्रालय फेरेर सरकारमा राखिरहने संभावना छ। भीम रावललाई प्रधानमन्त्रीले मन्त्री बनाएमा प्रदीपकुमार ज्ञवालीको मन्त्रालय फेरिन सक्ने जनाएकाे छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमेत मन्त्रीबाट हट्ने संभावना रहेको स्रोतको दाबी छ।

काठमाडौै‌ प्रेसमा प्रकाशित यो स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस् 

अन्तिम पटक अपडेट गरिएको : October 4th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु