समिरमान जेलमा, श्रीमती पिरतीको खेलमा !


 

काठमाडौं। डन समिरमान बस्नेत गोलघरमा रहेको थुनिरहँदा उनकी पत्नी मायाँ शेरचन भने जेम्स गुररुङसँग लहसिएकी छन् । लागूआ’षैध मु’द्दामा कै’द भुक्तान गरी पाँच महिना अगाडिमात्र थु’ना मुक्त भएका गुरुङ बस्नेतलाई खाना पकाएर खुवाने गरेका थिए । उनी जेलबाट निस्किएपछि केही समयअघि मात्रै बस्नेत पत्नी शेरचनको फोटो आफुनो फेसबुकमा राख्दै ‘माई लाईफ’ भनि पोष्ट गरेका थिए ।

त्यस्तो पोष्ट केही समय राखी हटाएका गुरुङले बस्नेतले आफ्नी श्रीमतिलाई छोडेको देखाउनको लागि गरिएको प्रहरी स्रोतको दाबी रहेको छ । बस्नेतले आफ्नो श्रीमतिसँग डिभोर्स भएको बताउँदै आएका छन् । जेलमा रहेका बस्नेतलाई सहयोग गर्दै आएका गुरुङले शेरचनलाई बचाउनकै लागि यस्तो गरिएको हुनसक्ने सुरक्षा निकायले अड्कल गरेका छन् । खासमा अहिले नेपाल प्रहरीलाई टाउको दुखाईको पात्र बनेका छन् गुण्डा नाईके बस्नेत । केन्द्रीय कारागारको गोलघरमा थन्किएका बस्नेतले फिल्मी शैलीमा गु’ण्डागर्दी फैलाउँदै लगेपछि प्रहरीलाई समस्या परेको हो ।

कारागारमै रहेर आ’पराधिक सञ्जाल चलाइरहेको पुष्टि हुँदै आएका छन् बस्नेत । यसको पुष्टि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा गत महिना पक्राउ गरेका पबन खड्काले दिएको बयानबाट पनि हुन्छ ।

का’रागारमा विभिन्न मु’द्दामा स’जाय भोगी छुट्ने तरखर गरिररहेका अन्य आपराधिक व्यक्तिलाई पछिल्लो समय बस्नेतले राम्रोसँग प्रयोग गर्न सफल हुँदै आएका छन् । आफू जेलमै रहे पनि आफ्नो परिवार बचाउन पत्नीसँग डि’भो’र्सको नाटक मञ्चन गरेका छन् बस्नेतले । आफ्नो अ’पराधमा पत्नी माया शेरचन समेत जोडिएपछि उनले यो नाटक गरेका हुन् । यसैकारण गुरुङलाई उनको फेसबुकमा ‘माई लाईफ’ भन्दै स्ट्याटस राख्न लगाएका थिए ।

ललितपुरको नख्खु का’रागारमा उनको भेट डन बस्नेतसँग भएको थियो । गुरुङले अहिले बस्नेतको लागि काम गर्दै आएका छन् । उनै गुरुङले केही समय अगाडि कानुनी रुपमा डि’र्भो’स भएकी मायाको फोटो फेसबुकमा अपलोड गर्दै ‘माई लाईफ’ अर्थात् मेरो जिन्दगी भन्ने क्याप्सन लेखेका थिए । समिरसँग डिर्भोस गरेर अर्कोसँग बिहे गरिसकेको भन्ने भ्रम र्छन उक्त फोटो अपलोड भएको बुझाई प्रहरीको छ ।

गुरुङले जेलमा रहँदा लुगाफाटो समेत धुलाईदिने काम गर्दै आएका थिए । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दाहडै ह’त्या गरेर कुख्यात बनेका समिरमानको दैनिकिमाथि प्रहरीले झन् गोप्य रुपमा निगरानी बढाएको छ । बस्नेतको हरेक अपराध कर्ममा मायाको हात रहेको प’क्राउ गरिएका, अ’पराधमा परिचालन गरिएकाहरूको बयान र प्रहरीको अनुसन्धानले यस्तो खुलासा भएको थियो ।

अहिले जेम्ससँगै चक्कर चलेको भनिएकी मायालाई यहि प्रक’रणमा पनि ह’ति’यार दिएको र लुकाएको भन्ने बयानका क्रममा खुलेकै थियो । स्रोतका अनुसार बस्नेतले का’रागार तोडेर भाग्ने र केही प्रहरीसँग बदलता लिने गोप्य योजनाको सुँईको प्रहरीले पाएपछि प्रहरीले थप सर्तकता बढाएको हो ।

प्रकाशित भएको : September 30th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु