दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको ज्यान गयो


 

काठमाडौं / दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृ’त्यु भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको दुर्घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिकको समेत मृ’त्यु भएको छ ।

दुर्घटनामा नेपालका रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको नि’धन भएको नेपाली दूतावासले जानकारी दिएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको मिनिबस लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ बताइएको छ ।

प्रकाशित भएको : October 1st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु