चीनको यस मिसा,इलले आधा घन्टामा अमेरिकामा मच्चाउन सक्छ वि,नाश


 

काठमाडौं – चीनले मंगलवार संसारको सबभन्दा श,क्तिशाली मानिने क्षे,प्यास्त्र डीए,फ–४१ प्र,क्षेपण गरेको छ ।

यस अन्तर्महादेशीय क्षेप्यास्त्रको रेन्ज १५ हजार किलोमिटर हो र अहिले उपलब्ध क्षेप्यास्त्रहरूमा सबभन्दा टाढा हो । यसले जम्मा ३० मिनेटमा अमेरिकालाई निशाना बनाउन सक्छ ।

सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजको मिसाइल डिफेन्स प्रोजेक्टका अनुसार, यस आणविक क्षेप्यास्त्रमार्फत एकैचोटिमा १० फरक फरक ठाउँलाई तारो बनाउन सकिनेछ ।

चीनमा कम्युनिस्ट शासनको ७०औं वर्षगाँठको अवसरमा आयोजित सैन्य परेडमा यसलाई पेश गरिएको हो । त्यसै कार्यक्रममा नयाँ अन्य सैन्य उपकरण पनि पेश गरिएको थियो ।

त्यहाँ चीनले पारम्परिक ड्रोनब बाहेक पानीभित्र काम गर्ने वाहन र एकदमै तीव्र गतिको ड्रोन डीआर–८ पनि देखायो । यो ड्रोन ध्वनिभन्दा पाँच गुणा छिटो उड्न सक्छ ।

एजेन्सी

प्रकाशित भएको : October 1st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु