महरा प्रकरणमा प्रहरीले सुरु गर्यो अनुसन्धान, घटनास्थलबाट र क्सीका बोतल ब रामद


 

काठमाडौं, १४ असोज । राष्ट्रकै गरिमामय पद सभामुख जस्तो पदमा रहेर अनै तिक कार्य गर्ने कृष्णबहादुर महराले पदबाट राजिनामा दिएसंगै नेपाल प्रहरीले अनु सन्धान थालेको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जब रज स्ती क रणीको आ रोप लागेपछि सभामुख पदका राजीनामा दिएका महराको प्र करणमा प्रहरीले सबुत संकलन गर्न सुरु गरेको हो ।

यसै क्रममा मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट र क्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो ।

अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’

जबर जस्ती क रणीको आ रोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

यसैबीच महराको राजिनामाको बिषयलाई लिएर प्रमुख विपक्षी दल नेेपाली कांग्रेसले प्रश्न उठाएको छ । सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको कांग्रेसको टिप्पणी गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताए ।

उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै उनले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यबाहक ?’

उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने भन्ने प्रश्न समेत गरे ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु