
काठमाडौं। आफूमाथि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले यौ’न दु’र्व्य’वहार गरेको भन्दै प्रहरीमा मौखिक उजुरी दिँदै सार्वजनिक गरेकी संसद सचिवालयमा कार्यरत रोशनी शाहीले २४ घण्टा वित्न नपाउँदै आफूले महरामाथि त्यस्तो आ’रोप नलगाएको र मिडियाले धेरै उछालेको बताएकी छन् ।
शाहीको पछिल्लो अभिव्यक्तिले फेरी चर्चा पाइरहँदा उनले आफ्नो फेसबुक स्टाट्समार्फत आफूलाई मानसिक त’नाव र द’वाव नदिन प्रहरीलाई समेत आग्रह गरेकी छिन् ।
शाहीले महरा प्रकरण सम्बन्धमा बाहिर आएका कुरा र सञ्चारमा कुनै सत्यता नभएको दोहोर्याउँदै यस प्रकरणमा आफूलाई ज’बरज’स्ति फसाइएको उल्लखे गरेकी छन् । त्यस्तै सभामुख महराको राजनीतिक जीवन समाप्त पार्न यो ग्राइण्ड डिजाइन भएको र त्यसको सिकार आफू बनेकोमा आ’क्रो’श व्यक्त गर्दै उनले यसका लागि भण्डाफोर अभियान चलाउने बताएकी छन् ।
त्यस्तै आफ्नो डेरामा आइ आफूलाई र घरवेटीलाई थप मा’नसिक या’तना नदिनपनि शाहीले प्रहरी उच्च अधिकारीहरुलाई आग्रह गरेकी छन् ।
केही समयको अन्तरमा शाहीले फेसबुकमा पोस्ट गर्दै आफ्ना विभिन्न धारणाहरु सार्वजनिक गरेकी छन् ।
गएराति पोष्ट गरिएको फेसबुक स्टाट्समा उनले आफ्नो आन्तरिक मामिलामा चासो नदिन आग्रह गर्दै लेखेकी छन्–‘हामीबीचको कुरामा अरुलाई यति धेरै चासो किन ? काम छैन बुहारी पाडाको के जाति भने जस्तो । हैन मान्छे जात अर्काको खाल्डो खन्न सिपालु हुन्छन् पछि आफैँ तेहि खाल्डामा पर्छन् । जे–जे कमेन्ट गर्न मन लाग्छ गर हामीलाई तिमिहरुका झारपाते कमेन्ट हेर्ने फुर्सद पनि छैन ।’
‘अनावश्यक मिडियाबाजि गरेर काम छैन मेरो कुरा हो । मैले के गर्ने नगर्ने त्यो मेरो अधिकार हो । यसमा सत्यता छैन । मलाई जबरजस्ति फ’सा’ईएको छ महरा सरको राजनीति धरापमा पार्न तिनको भण्डाफोर अभियान चलाउनेछु ।’ – शाहीले फेसबुकमा भनेकी छन्–‘मेरो श्रीमान अरु जस्ता छैनन् अरु भन्दा धेरै बुद्धिमान छन् । जब हामीमा यो कुराले असर गर्दैन भने अरुले टाउको दु’खाउनुपर्ने आवश्यकता छैन । उजुरी किन परेन भनेर चि’न्ता गर्नु पर्दैन, हाम्रो बारेमा कसैले चि’न्ता नगर्दा हुन्छ । हामी आफै सल्लाहले जे हुन्छ तेही गर्छौ ।’
प्रतिकृया दिनुहोस्