रोशनीले ‘कुखुरी काँ’ भन्दा सभामुख महरा ट्वाँ, ४८ घण्टामा के–के भयो ?


 

काठमाडौं : कुखुरी काँ,

बासी भात खाँ,

खोइ बासी भात,

बिरालोले खायो,

खै बिरोलो,

मुसा मार्न गयो,

खै मुसा,

दुलो भित्र पस्यो,

खै दुलो,

गाईले कुल्च्यो,

खै गाई,

खोलाले बगायो,

खै खोला,

स्याप्यै सुक्यो ।

कक्षा १ मा विद्यार्थीहरुलाई पढाउँदा र विद्यार्थीले पढदा निक्कै चाख लाग्ने यो कविता धेरैले मन पराउँछन् ।

सभामुख महरा प्रकरणमा पनि यो कविताको झलझली याद आइरहेको छ । गत आइतबार साँझ करिब ८ बजेदेखि मंगलबा बेलुका ८ बजेसम्मको ४८ घण्टाको अवधिमा भएका महरा प्रकरणसँग सम्बन्धित क्रिया–प्रतिक्रिया र सो प्रकरणमा पीडित भनिएकी रोशनी शाहीको अभिव्यक्तिसँग तुलना गर्दा यो कविता ठ्याक्कै मिल्न पुगेको छ ।

घटना कसरी घट्यो वा बाहिर कसरी आयो त्यो बेग्लै पाटो हो । सार्वजनिक समाचारहरुका अनुसार पीडित शाहीलेनै सभामुख कृष्णबहादुर महरालाई आफूमाथि यौ,न दुर्व्य,वहार गरेको भनेर भनेकी थिइन् । तर, तिनै शाहीले आफ्नै यस कुराको खण्डन गर्दै अहिले अभिव्यक्ति दिएपछि कुखुरी काँ बाट शुरु भएको यो कविता खोला सुक्यो जस्तै भएको छ ।

त्यस अवधिको ४८ घण्टामा के–के भयो त ?
– आइतबार राति ९ बजेट ३ मिनेट जाँदा पीडितद्वारा १०० मा पीडितको फोन, राति ९ बजेट १९ मिनेटमा महानगरीय प्रहरी वृत्त बानेश्वर टोली घटना,स्थलमा

– सोमबार बिहान ७ बजेट ३० मिनेटमा गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनाल छलफल, साँझ ७ बजेर ३० मिनेटमा पीडितको हवाला दिँदै का,ण्ड सार्वजनिक
,
– मंगलबार बिहान ७ बजे सभामुख निवास बालुवाटारमा नेकपा नेता नारायणकाजी श्रेष्ठ–महरा भेट

– बिहान प्रधानमन्त्रीद्वारा यस विषयमा चासो व्यक्त

– बिहान ८ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’–महरा भेट

– बिहान प्रचण्ड–ओलीबीच भेटपछि महरालाई राजी,नामा दिन सुझाव

– बिहान ९ बजेर ३० मिनेट प्रहरी परिसर काठमाडौंको टोलीबाट प्रमाण संकलन

– पीडि,तसँग छलफल, डीएसपी कृष्णबहादुर चन्दको नेतृत्वमा अनौपचारिक अनुसन्धान सुरु, गृहमन्त्री थापा–वनमन्त्री शक्ति बस्नेतबीच मन्त्री क्वार्टरमा भेट

बिहान १० बजे : प्रधानमन्त्री केपी शर्मा ओली –पुष्पकमल दाहाल भेटबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल

बिहान ११ बजे : नेकपा सचिवालय बैठक

मध्याह्न १२ बजे : सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न सुझाव

दिउँसो १ बजेर १० मिनेट जाँदा सभामुख महराबाट उपसभामुख शिवमाया तुम्बाहाम्फे सम,क्ष राजीनामा

दिउँसो २ बजेर १५ मिनेटमा गृहमन्त्रालयमा गृहमन्त्री– गृहसचिव–आइजीपीबीच छलफल

साँझ ७ बजेर ५ मिनेट : पीडितद्वा,रा बयान फेदै सार्वजनिक

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु