एसईई पूरक परीक्षा नतिजा सार्वजनिक


 

काठमाडौं, १५ असोज । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ।

परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ।

नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ।

र यो पनि पढ्नुहोस्

अब नेपालमा एसइईमा १.६ जिपिए लिउने विद्यार्थीले कक्षा ११ देखि नै कानुन विषय लिएर पढ्न पाउने

पछिल्ला समय कानुन अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ। कानुनको जानकारीको अभाव महसुस हुन नदिन, योग्य तथा सक्षम नागरिक तयार पार्न तथा सबैलाई न्यायको पहुँचमा सहजै पुर्‍याउने उद्देश्यले बानेश्वरस्थित नेपाल विद्या पीठले सिधैँ कक्षा ११ र १२ मा कानुन विषयको अध्ययन गराउने भएको छ। अन्य विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे पाठय्क्रम पढ्नुपर्छ भने स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्ष पढ्नुपर्छ।

विसं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि काठमाडौँको बानेश्वरस्थित सो कलेजले ११ र १२ मै कानुन विषय पढाउने तयारी थालेको हो। कलेजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझा, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, प्राडा नृसिंह खत्री, डा. दीनमणि पोखरेललगायत पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानुनी र शैक्षिक क्षेत्रका ज्ञाताले अध्यापन गराउने अध्यक्ष कृष्णहरि मैनालीले जानकारी दिए। राजनीतिज्ञ, प्रशासकलगायत विविध क्षेत्रका विज्ञसँगको लामो छलफलका क्रममा कानुन विषयको बढ्दो आवश्यकतालाई मध्यननजर गर्दै कानुन पठनपाठन गर्न खोजिएको उनको भनाइ थियो।

नेपाल विद्यापीठले गत वैशाख महिनामा राष्ट्रिय परीक्षा बोर्डबाट कानुन विषय पढाउन सम्बन्धन लिएको थियो। बोर्डले मुलुकभर २० भन्दा बढी क्याम्पसलाई कक्षा ११ र १२ मा कानुन विषय पढाउन स्वीकृति दिएको छ। कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराउन चाबहिलस्थित रिमेरा एकेडेमी, बबरमहलस्थित नेपाल मेगा कलेज, लगनखेलस्थित पिनाकल एकेडेमी, कमलादीस्थित युनिग्लोब कलेज, बागबजारस्थित काठमाडौँ मोडल कलेज, कुपण्डोलस्थित नाइटिङ्गेल एकेडेमीलगायत कलेजले स्वीकृति लिएका छन्।

एसइई परीक्षामा न्यूततम १.६ जिपिए ल्याउने विद्यार्थीले कानुन पढ्न पाउनेछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असार ५ गते कक्षा ११ मा विद्यार्थी भर्नाका आधारसम्बन्धी सूचना जारी गर्दै एसइइमा १.६ जिपिए ल्याउने विद्यार्थीले कानुन अध्ययन गर्न सक्ने जनाएको छ। विद्यापीठले साउनको दोस्रो सातादेखि अध्ययनको तयारी थालेको छ। अहिलेसम्म २५० भन्दा बढी विद्यार्थीले आवेदन दिइसकेका छन्। ठूलो सङ्ख्यामा विद्यार्थीलाई कानुन अध्यापन गराउन लक्ष्य राखेको सो विद्यापीठले ८०० जनासम्म विद्यार्थी पढाउन सक्ने क्षमता रहेको जनाएको छ। करिब १०० विद्यार्थीलाई छात्रवृत्ति दिने अध्यक्ष मैनालीको दावी छ।

प्रकाशित भएको : October 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु