माधव नेपालले महरालाई बचाउन खोज्दापनि प्रचण्डले मानेनन्


 

काठमाडौं । कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनिहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएको बताए । नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले संसदमा घटेको अनौठो घटनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानून तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताए । उनले पीडितले मौखिक सूचना दिइसकेकाले महरामाथि फौज,दारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पारे ।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले पी,डितको सूचनाका आधारमा महरामाथि अनु,सन्धान शुरु गर्नुपर्ने र नि,र्दोष ठहरिए पुनः सांसद हुने नाताले नयाँ सभामुखको निर्वाचनमा उम्मेदवार बन्न पाउने बताए । उनले अनु,सन्धानका क्रममा प्र,माण नपुगेको अवस्थामा प्रहरीले त्यो मु,द्दालाई तामेलमा राख्नसक्ने अथवा महान्यायाधिवक्ताले मु,द्दा चल्न नसक्ने भनी निर्णय गर्नसक्ने बताए ।

ज्ञवालीले पीडितले जा,हेरी नदिए पनि अनुसन्धान प्रक्रिया नरोकिने बताउँदै ब,लात्कार भएको पुष्टि भए १५ वर्ष, सामान्य भए तीन वर्ष तथा कु,टपिट गरेको ठहरिए एक वर्ष कैद स,जाय हुने व्यवस्था रहेको जानकारी दिए ।

नेपाल बार एसोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले महराका साथै पीडितको पक्षमा पनि अनुसन्धान गर्नुपर्ने बताए । पीडित महिलाले महराको चरित्र ह,त्या गर्ने मनसायले त्यस्तो अभिव्यक्ति दिएको हो भने ती महिलामाथि पनि अनु,सन्धान गरी सा,इबर क्राइ,मको मु,द्दा चलाउन सकिने उनको भनाइ थियो ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु