नयाँ सभामुखमा फेरि सुवास नेम्वाङको चर्चा शुरू


 

प्रतिनिधि सभाको रिक्त सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी सुरु भएको छ । कृष्णबहादुर महराले दिएको राजीनामा स्वीकृत हुनासाथै औपचारिक रुपमा रिक्त हुने सभामुख पदमा संसदले नयाँ निर्वाचन प्रक्रियाबाट नयाँ सभामुख चयन गर्नुपर्ने छ ।

सत्तारुढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको बुझिएको छ । अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालको सहमति नभै सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर यसमा प्रधानमन्त्री ओलीको ‘च्वाईस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् ।

प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ एकजना बलियो उम्मेदवार हुनसक्ने ती नेताको विश्लेषण छ ।

दशैमा रमाइलो गरौं , मासु खानेले खाउँ ,नखानेले नखाउं,तर काटमारको तस्बिर सामाजिक संजालमा नराखौ???

संविधान सभाको दुइ कार्यकाल अध्यक्ष भै संविधान जारी गर्दासम्म सफल नेतृत्व गरेका र प्रतिनिधि सभाको सभामुख समेत भएर संसदको नेतृत्व गरिसकेका नेम्वाङ नै प्रतिनिधि सभाको भावी सभामुख हुने बलियो सम्भावना रहेको नेकपाका ती नेताले सरल पत्रिकासँग बताए ।

महरा अब सांसदका रुपमा समेत नेकपाले नचिन्ने कुरा उपनेता नेम्वाङले बताएको सन्दर्भमा पनि नयाँ उम्मेदवार चयन हुने स्पष्ट देखिएको छ ।

नेम्वाङलाई सभामुखमा चयन गर्ने र उपनेतामा अध्यक्ष दाहाल निकट नेतालाई मनोनित गर्ने सहमतिबाट यो बिषय टुंगिने समाचार सूत्रको दावी छ ।

त्यसैगरी अध्यक्ष पुष्पकमल दाहालले पनि आफू निकटस्थ कुनै सदस्य अगाडि सार्नसक्ने सम्भावना रहेको तर सम्भावित सदस्य स्पष्ट नभएको बुझिएको छ । पार्टी एकिकरण गर्दाताका पूर्व एमाले र पूर्व माओवादी केन्द्रको भागबण्डामा महरा सभामुख चुनिएका थिए । अब पनि यही सहमति अनुसार नै हुने पूर्व माओवादी सूत्रको भनाई छ ।

महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएपछि नयाँ सभामुखको निर्वाचन गर्नुपर्नेछ ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु