निवेदन बोकेर रोशनी शाही पुगिन् प्रहरीमा, के छ निवेदनमा ?


 

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौ’न दु’र्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दु’र्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले आइतबार निवेदन दर्ता गराएको पुष्टि गरे । आफू डि’प्रेशनको बि’रामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दु’र्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झू’टो भएको समेत दाबी गरेकी छिन् ।

हाम्रा कुरा डटकम मार्फत सार्वजनिक भएको भिडियोमा उनले आफू पीडित भएको बताएकी थिइन् । उनको भिडियो सार्वजनिक भएसँगै आगो फैलिएजस्तै गरी महराको समाचार फैलिएको थियो । त्यसको भोलिपल्ट महराले पदमा राजिनामा दिएका थिए । महराले पदबाट राजिनामा दिएको केही घन्टा बित्न नपाउँदै पीडित भनिएकी रोशनी शाहीले आफ्नो बोली फेरेकी छिन् । यसरी उनको बोली फेरिनुले यो प्रकरणमा शंका गर्ने ठाउँहरु प्रसस्त रहेका छन् ।

आम मानिसहरुले यो घटनाको स्वतन्त्र र निरपक्ष छानविनको माग गरेका छन् । यदी महरा दोषि थिएनन् भने उनले हतार गरेर किन पदबाट राजिनामा दिए । राजीनामा दिइसकेको केही घन्टापछि महिलाले किन आफ्नो बोली फेरिन यसलाई स्वत्नत्र रुपमा अनुसन्धान हुनुपर्ने आम नागरिकको माग रहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु