हिमालयन र’क्सीको स्टक नै सकियो, एकै दिन डेढ सय कार्टुन बिक्यो


 

काठमाडौं। एकाएक चर्चामा आएको हिमालयन रिजर्भ हिस्की अत्यधिक बिक्रि भएर स्टक नै सकिएको छ । सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ हिस्की एकैदिन अधिराज्यभरको डिलरबाट सकिएको हो ।

सभामुख कृष्ण बहादुर महरालाई ब’ला’त्का’र आ’रोप लगाउने रोशनी शाहीको कोठामा आधा खाएर बाँकी रहेको रक्सीको तस्विर सार्वजनिक भएसँगै उक्त रक्सी अत्यधिक विक्री भएको हो । शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिजर्भ पूर्णतया नेपालको उत्पादन भने होइन ।

पीडित भनिएको रोशनी शाहीको कोठामा फेला परेको रक्सीको बोतल । तस्विर हाम्रा कुरा डटकम

यसको बोटलिङमात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै विदेशबाटै आयात हुन्छ। प्रिमियर अर्गानिक प्रालिले माग धेरै भएकाले धान्न गाह्रो परेको जनाएको छ । यद्यपि, माग धेरै भयो भन्दैमा धेरै उत्पादन गर्ने पक्षमा कम्पनी छैन् ।

उसले उत्पादनलाई नियन्त्रण गरेको जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३ हजार प्रति लिटर छ ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु