
कृष्ण बहादुर महरा काण्डले अहिले सामाजिक सञ्जालमा जरो गाडीरहेको छ । पी डि त भनेएकी महिलाले बोली फेरीपछि यसमा शंका गर्ने थुप्रै ठाउँहरु रहेका छन् । सुरेन्द्र केसी भन्छन् महराकै दबाबकाकारण रोशनीले रातारात पैसा लिएर बोली फेरिन् ।
यस विषयमा यो समाचार ब्रेक गर्ने पत्रकार अजयबाबु शिवाकोटीको भनाइ पनि त्यस्तै छ । सुनौलो नेपाललाई दिएको अन्तरवार्तामा अजयबाबु शिवाकोटी भन्छन् यस्ता केशहरुमा पीडितलाई आर्थिक वा अन्य कुनै प्रलोभनमा पारेर उसको बोली फेर्ने काम हुन्छ । यहाँ पनि यस्तै केही भएको हुनसक्छ ।

हिजैमात्रै पी डि त भनिएको रोशनी शाहीले प्रहरीकोमा निवेदन बोकेर पुगेको खबर सञ्चारमाध्यमहरुमा आइसकेको छ । उनले दिएको निवेदनमा कृष्णबहादुर महरा दोषि नरहेको र उहाँलाई फसाइएको बताइएको छ । तर प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा महरा त्यो दिन १ घन्टा भन्दा बढी समय रोशनीको कोठामा बिताएको प्रमाणित भैसकेको छ ।
यसबाट के कुराको स्पष्ट हुन्छ भने महरा त्यो दिन रोशनी शाहीको घर पुगेकै हुन् । बलात्कारको प्रयास भयो वा भएन त्यो त अनुसन्धानको विषय नै हो । उनीहरुबीच केही कुरामा मनमुटाव भयो र फलस्वरुप त्यो कुरा मिडियामार्फत बाहिर आयो ।
प्रतिकृया दिनुहोस्