महराले रोशनी शाहीको कोठामा १ घन्टा १९ मिनेट बिताएको सिसिटिभी फुटेजबाट प्रमाणित


 

काठमाडौँ — यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ। उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले एकैसाथ बसेर उक्त सिसिटिभि फुटेज हेरेका थिए । उक्त फुटेज हेरेसकेपछि बला त्कार प्रयास भएको वा नभएको भन्दा पनि महिला एक्लै बसेको कोठामा जानु नै गलत भएको भन्दै कृष्णबहादुर महरालाई राजिनामा दिन आग्रह गरेको खबर यसअगाडी नै सञ्चारमाध्यममा आइसकेको छ।

स्रोतबाट कान्तिपुरलाई प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो। एक घण्टा १९ मिनेटपछि ८:२५ मा उनी त्यहाँबाट फर्किएका थिए। त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए। प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ ।

यसबाट के कुराको पुष्टि हुन्छ भने महरा त्यो दिन रोशनी शाहीको कोठामा पुगेकै हुन् । उनीहरुबीच केही विषयमा झगडा भयो हात हालाहाल र कुटाकुट भयो । त्यस समयमा महराको चश्मा फुट्यो । तर पीडित महिलाले सुरुमा भनेजस्तै बलातकारको प्रयास भएको हो वा हैन त्यसको लागि पीडित भनिएको महिलाको शारिरिक परिक्षण बिना यसै भन्न सकिदैन ।

पूर्व माओवादी निकट नेताहरुका अनुसार महरा र पीडित भनिएकी रोशनीबीच लामो समयदेखि हिमचिम थियो । महरा यसअगाडी पनि सो कोठामा आउने जाने गरेका थिए ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु