महराको सुरक्षामा खटिएका २८ सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता

ताजा समाचार | प्रकाशित भएको : October 3rd, 2019

काठमाडौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारले प्रदान गरेको सुविधा फिर्ता गरेका छन् । सरकारी सुविधामार्फत आफुले प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षाकर्मी विहीबार फिर्ता गरेका हुन् ।

सभामुखबाट राजिनामा दिएपछि आफुले चढ्दै आएको बा २ झ १२६८ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन् । त्यसैगरि उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा खटिएको १७ सैनिक र इन्सपेक्टरको नेतृत्वमा खटिएको ११ जना प्रहरी फिर्ता गरेका छन् ।

महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारीले यौ न दुराचारको आरोप लगाएपछि सभामुखबाट राजिनामा दिएका थिए । पदबाट राजिनामा दिएपछि भने आरोप लगाउने महिलाले आफुमाथि महराले जबरजस्ती नगरेको बताएकी छिन् ।

महराको राजिनामासँगै रिक्त्त भएको सभामुख पदमा अब नयाँ अनुहार को हुने भन्ने विषयमा अहिलेसम्म टुंगो लागिसकेको छैन । सभामुखको लागि ७ जनाको नाम अगाडी आएको छ त्यसमध्ये पहिला सभामुखको पद सम्हालिसकेका सुवास नेम्वाङ्गले सभामुख पद हाँसिल गर्ने सम्भावना बढ्दै गएको छ ।

फेसबुकमा हामीसँग जोडिनुहोस्

प्रतिकृया दिनुहोस्