
1 year ago
तुलसीपुर। एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो ।
समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिनुभएको छ ।
अटोमा छुटेको पैसा सहित समान सकुशल सम्वन्धित व्यक्तिलाई बुझाउने चालक घोराही १५ का नवकुमार शाहलाई प्रहरीले धन्याबाद दिएको छ ।
प्रकाशित भएको : October 4th, 2019
प्रतिकृया दिनुहोस्