भारतले पठायो इन्धनको बढेको मूल्य सूची, नेपाल सरकारले गर्यो यस्तो निर्णय

ताजा समाचार | प्रकाशित भएको : October 4th, 2019

असोज १७ , काठमाडौं । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ ।

अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको छ ।

स्वचालित मूल्य प्रणाली अन्र्तगत निगमले मूल्य समायोजन गर्नुपर्ने भए पनि दशैं लगायत मूल्य चाडपर्वका कारण मूल्य स्थिर राखिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

यसअघि आईओसीको नयाँ मूल्य सूचीका आधारमा इन्धनको मूल्य घटाउने /बढाउने प्रचलन थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजेलमा ३ रुपैयाँ ६३ पैसा, मटि्टतेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा तथा एलपि ग्यासमा १५ रुपैयाँ ९८ पैसाले मूल्य बढेको निगमले जनाएको छ ।

फेसबुकमा हामीसँग जोडिनुहोस्

प्रतिकृया दिनुहोस्