त्यसपछि महरा जन यु द्ध गर्न जंगलतिर लागे, रोशनी नर्सिङ पढाइतिर लागिन्


 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएपछि कृष्णबहादुर महराले सभामुखबाट राजिनामा नै दिनुपर्यो । हाल, संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको घटना चर्चामा छ ।

रोशनीले पहिलेनै महरासँग चिनजान भएको बताएकि थिइन् । पत्रकार दिलनिशानि मगरका अनुसार दुवैबीच यो विवादास्पद सम्बन्ध र अवस्था एकैक्षणमा आएको होइन । यसका पछाडि वर्षाैं पुरानो पृष्ठभूमि देखिन्छ ।

उनले लोकान्तरमा लेखेका छन्, ‘जनकपुरमा जन्मिएकी रोशनी शाही बुवासँगै रोल्पाको लिबाङ पुगिन् किशोरावस्थामै । बुवा स्वास्थ्यकर्मी भएकाले रोजगारीका क्रममा रोल्पामा खटिएका थिए ।

स्वास्थ्यकर्मी बुवासँगै रोशनी रोल्पाको लिबाङ–७ मेवाङस्थित कृष्णबहादुर महराको घरमा डेरामा बसिन् । महरा लिबाङ माध्यमिक विद्यालयमा शिक्षक थिए । बुवासँगै रोशनी महराकै घरमा लगभग ५ वर्ष बसिन् । उतिबेला महराका छोरा राहुल र निर्मल समेत सानै रहेका पारिवारिक स्रोतले जनाएको छ ।

महराको घरमा आफू ५ वर्ष बसेको रोशनीले आफ्नो फेसबूक स्टेटसमा लेखेकी छन् २०७४ वैशाख १६मा  ‘फेसबूक स्टेटसमा उनले ५ वर्षमा ‘मुटुमा, मनमा र पेटमा गाँसिएका सम्झनाहरू ।’

त्यसपछि महरा क्रान्तिका लागि जनयुद्ध गर्न जंगलतिर लागे । रोशनी समेत नर्सिङ पढाइतिर लागिन् । २०६३ सालमा तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा रोशनीले नर्सिङ पढिसकेकी थिइन् । रोशनी त्यतिबेलैदेखि माओवादी निकट रहेकी र स्वास्थ्यकर्मी संगठनका नेता चित्रजंग शाहीसँग यसबीच उनको विवाह भइसकेको थियो ।

गरिब २७ बर्ष अगाडी कृष्ण बहादुर महराको रोल्पा स्थित लिवाङ ७ मेबाङको घरमा खिचिएको रोशनी शाहीको तस्विर। फोटोमा महरा पत्नी संगै छिन्। रोशनी महराको घरमा ५ बर्ष बसेकी थिईन्। तस्विर : दिल निशानी मगर

माओवादी शान्ति प्रक्रियामा आएपछि नेता कृष्णबहादुर महरा लगातार सत्ता वरिपरि रहे । एकातिर पुरानो चिनजान र अर्काेतिर आफ्नै पार्टीको स्वास्थ्यकर्मी संगठनका नेताकी पत्नी भइसकेकी रोशनी र महराबीच काठमाडौंमा निकटता बढेको पारिवारिक स्रोतले बतायो । यसबारे महरा परिवारका सदस्यलाई जानकारी थियो तर कसैले सम्बन्धलाई रोक्ने आट गरेनन् । दुवैबीचको उतारचढावपूर्ण सम्बन्ध अगाडि बढ्दै गयो ।

अन्त्यमा महराको राजनीतिक भविष्य नै ध्वस्त पार्ने गरी रोशनीसँगको सम्बन्ध सार्वजनिक भएको छ । रोशनी र उनका पतिबीच समेत सम्बन्धविच्छेद गर्ने सम्झौता भएको छ । महराले यौ न दुर्व्य वहार गरेको भनेर रोशनीले लगाएको आ रोप र त्यसपछि आ रोप फिर्ता गरेको घटना सार्वजनिक बहस, चासो र अनुसन्धानको विषय बनेको छ ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु