
१७ असोज, काठमाडौं । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् ।
२१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् ।
सर्वसाधारणलाई भने २:३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्वराजा शाहले सर्वसाधारणलाई निर्मल निवासमा असोज २१ गते दिउँसो ४ बजे दशैंको टीका लगाइदिने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । हरेक वर्ष जस्तै पूर्वराजा शाहले निर्मल निवासमा सर्वसाधारणलाई सामूहिक टीका लगाइदिने भएका हुन् ।
यसपालिको दशैंको टीकाको सबैभन्दा राम्रो साइत बिहान १० बजेर ३५ मिनेटदेखि ११ बजेर १५ मिनेटसम्म रहेको छ । त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ । पूर्वराजा शाहले दशैंको उत्तम साइतमा घरपरिवार र आफन्तलाई टीका लगाइसकेपछि २१ गते मंगलबार अपराह्न सर्वसाधारणलाई टीका लगाउने भएका छन् ।
पूर्वराजा शाहले आमा रत्नसँग टीका लगाएपछि सर्वसाधारणलाई टीका लगाइदिने बताइएको छ ।
प्रतिकृया दिनुहोस्